काठमाडौं । चलचित्र कुईनेटोको दोस्रो ‘जलेको जल्यै’ बोलको गीत सार्वजनिक गरिएको छ । कमला जोशीको प्रस्तुती रहेको उक्त चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको निर्देशक माधवराज खरेलले जानकारी दिए ।
हिन्दुहरुको मुख्य पर्व तिहारको अवसर पारेर उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको निर्देशक खरेलले बताए । पुरुषोत्तम लोहानीले शब्द रचना गरेको गीतमा अनिल विरहीको संगीत रहेको छ भने राज सागरले आवाज दिएका छन् ।
सुदुरपश्चिमको विभिन्न पर्यटकिय स्थानमा छायांकन गरिएको सो चलचित्र कुईनेटो मौलिक विषयवस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको निर्देशक खरेलले जिकिर गरे ।
स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक खरेलको भनाइ छ । उनका अनुसार उक्त चलचित्रमा मायाप्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।
आफूद्वारा निर्देशित उक्त चलचित्रलाई छिटै प्रर्दशनीमा ल्याउने पनि खरेलले जानकारी दिए । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा नायक श्रीदेव भट्टराई, सानिया खान, सिर्जु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय छ ।
साथै, चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको पनि खरेलले जानकारी दिए ।
त्यसैगरी सो चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतका कलाकारहरुको आवाज, शब्द र संगीत रहेको निर्देशक खरेलले बताए ।
प्रतिक्रिया