हेटौंडा । शनिबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । यसैगरी ६ जना घाइते भएका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर देउसी खेलिरहेकालाई ठक्कर दिँदा दुबै जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे । मृत्यु हुनेहरूमा हेटाैंडा-१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह रहेका छन् ।
घाइते हुनेमा हेटौंडा-१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् । बस अनियन्त्रित हुँदा दुर्घटना घट्न गएकाे प्रहरीले जनाएकाे छ । यता बसमा भने स्थानीयले आगजनी गरेका छन् । बाटो नजिकै रहेको घरमा बस अनियन्त्रित भई देउसी खेलिरहेकाहरूलाई ठक्कर दिएको प्रहरीले बताएको छ। ठक्कर दिने बसमा भने स्थानीयले आगजनी गरेका छन् ।
प्रतिक्रिया