मोरङ । विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए ।
प्रतिक्रिया