भक्तपुर । गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारको लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पुर्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया