सञ्चारकर्मी बर्देवाले उचाले ‘स्टार अवार्ड’

काठमाडौं । सञ्चारकर्मी तथा गायक राजेश बर्देवाले स्टार अवार्ड उचालेका छन् । उनले ‘स्टार अन्तराष्ट्रिय अवार्ड २०७८ ’ अन्तर्गत लोक पप नवगायन विधाको अवार्ड गायक बर्देवाले उचालेका हुन् ।

गायिका सहिमा श्रेष्ठ र बर्देवाको आवाज तथा शर्मिला तामाङको शब्द रचना रहेको ‘पहिला–पहिला भेट हुन्थ्यो दाउरा र घासैमा अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा’ बोलको गीतबाट उनले अवार्ड उचालेको बताए ।

राजधानीस्थित रेडिसन होटलमा सम्पन्न भएको कार्यक्रममाप्रमुख अतिथि रक्षामन्त्री डा. मिनेन्द्र रिजाल रहेका थिए । साथै, उक्त कार्यक्रममा त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्री, अभिनेता भुवन केसी, रमेश उप्रेती, धिरेन शाक्य, अभिनेत्री रेजिना उप्रेति, वरिष्ठ कलाकार मोहन निरौला, अभिनेता उत्तम केसी, सुशिल श्रेष्ठ, गायक गायिका हरु कनैया सिहं, सिन्धु मल्ल र सुदाम थापा लगायत अन्य कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।

फेसन सौन्दर्य म्युजिक र मुभिअन्तर्गत अन्य विभिन्न विधामा आयोजकले अवार्ड वितरण गरेका थिए । बर्देवाले एपिवान टेलिभिजनमा ‘जुनकिरी दोहोरी’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया