काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको वारपाक गाउँको विषयमा केन्द्रित सार्वजनिक भएको छ । गायक तथा संगीतकार चेतन गौतामे र गायिका ममता गुरुङको आवाज रहेको ‘आउ है सोल्टी बारपाक गावैमा’ बोलको गीत सार्वजनिक भएको हो । कुल घलेको शब्द रचना रहेको गीतमा गायक गोतामेले नै संगीत भरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा मोडल गणेशमान घले र मीरा गुरुङको अभिनय छ । लोकलयमा आधारित गीतमा सुजन सुर्खेतीको कोरियोग्राफी रहेको छ । गायक गोतामेले नै निर्देशन गरेको गीतको भिडियो सम्पादन मनोज कार्की तथा छायांकन दुर्गा पौडेलको रहेको छ ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको वारपाक गाउँको विषयमा केन्द्रित रहेर गीत तयार पारिएको गायक चेतन गोतामेले बताए । उनले भने, ‘हामी विनाशपछि पनि उठ्न सक्छौं भन्ने सन्देश गीतले दिन खोजेको छ ।’ गीतमा बारपाकको सांस्कृतिक, प्राकृतिक, सामाजिक तथा मानवीय पक्षलाई कलात्मक रुपमा देखाउने कोशिस गरिएको गायक गोतामेले बताए । उनले विपत्तिपछिको बारपाकको पुनर्निर्माण र सामाजिक परिवेशलाई समेत गीतमा समेटिएको सुनाए । गीतमा बारपाकमै जन्मिएका प्रसिद्ध योद्धा गजे घलेको बखानसमेत गरिएको छ ।
गीतमा बारपाकको वास्तविक अवस्थालाई समेट्न खोजिएको गीतकार कुल घलेले बताए । उनले पर्यटन, संस्कृति, प्रकृति, सामाजिक जनजीवन तथा मायाप्रेमको विषयलाई गीतमा समेट्ने कोशिस गरिएको सुनाए । उनले गीतमा सामाजिक तथा सांस्कृतिक पक्षलाई बढी महत्व दिएको जिकिर गर्दै भूकम्पपछिको बारपाकको वस्तुस्थितिलाई देखाउन खोजिएको बताए । गीत गायक गोतमेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया