कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन् । नेता सिंहले आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गरेका छन् ।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए । ‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भने,‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’ पार्टी भित्रका भजन मन्डलिले नेतृत्वलाई अलमलमलमा पारिरहेको बताए ।

नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने चेतावनी दिदै उनले इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागी सबै नेता कार्यकर्ता लाग्नु पर्ने उनको धारण रहेको छ ।

त्यस्तै नेता सिंहले आगामी महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको बताए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफु सभापति बन्नु पर्ने उनको तर्क थियो । पार्टीको तल्लो तह देखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमता भएको आफु एक्लो नेता भएको उनको दाबी थियो ।

फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अबस्था सिर्जना भएको दाबी गरे । उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।

प्रतिक्रिया