विश्व

महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो’

सौर्य अनलाइन २०७८ कार्तिक ११ गते १७:३५ मा प्रकाशित

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको, मङ्गलबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ ।

अक्टोबर २२-२५ मा गरिएको एक्सिओस इपोस (Axios-Ipsos) सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमश कमी आउँदै गएको टिप्पणी गरेका छन् ।

आधिकारिक तथ्याङ्कले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ । विश्लेषकहरूका अनुसार विभिन्न आपूर्ति शृङ्खलाका अवरोधहरू, उच्च बेरोजगारी, र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय