‘कार्यवाहक अध्यक्ष बनाउने सहमति भएकाे हल्ला झुठो हाे’

काठमाडाैं । एमाले उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति नभएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्ने कुरा झुठो भएको रावलले बताएका हुन् ।

रावलले २०६६ सालमा गृहमन्त्री पाउने निश्चित भएपछि मात्रै केन्द्रीय सदस्य पदको शपथ ग्रहण गरेको भन्ने कुरामा पनि सत्यता नभएको बताएका छन् । रावलले लेखेका छन्, ‘मैले गृहमन्त्री पाउने भएपछि मात्र शपथ लिएको र हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई कावा अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो ।’

प्रतिक्रिया