‘सूर्य चिन्हमा ग्रहण लागिसक्याे, अब कलम चुनाव चिन्ह लिएर जनतामाँझ जादैछाैं’

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेका कारण नेकपा (एस) पार्टीको निर्माण गरेको बताए । बिहीबार धनगढी बिमानस्थलमा समाजवादी प्रेस संगठन नेपाल,कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

उनले ओलीले पार्टी भित्र ब्यक्तिवाद हावी गरेर,गुटबादमा चलेर र निरंकुश प्रवृतिको बाहकरुपमा भूमिका निर्वाह गरेकोले आफूहरु नयाँपार्टी निर्माण गर्न बाध्य भएको बताए । उनले भने ओलीले पार्टी भंग गरेर धुलो पीठो पारे र नेकपा एमालेको आफूहरु जस्ता संस्थापक नेतालाई पार्टीबाट गलत्यायर निकालेको आरोप लगाए । उनले एमाले पार्टी ओलीले निजी कम्पनीकोरुपमा प्रयोग गरेको जिकिर गरे । अध्यक्ष नेपालले केपी शर्मा ओलीले एकताबद्ध भएको नेकपालाई टुक्र्याउने काम गरेको समेत बताए ।

आफ्नो पार्टी एकीकृत समाजवादीले भर्खरै निवार्चन आयोगबाट कलम चुनावचिन्ह प्राप्त गरेको बताउँदै उनले हिजोको सूर्य चिन्ह ग्रहण लागिसकेकाले अव कलम चुनाव चिन्ह लिएर जनतामाँझ जाने बताए । आफूहरु अहिले पार्टी निर्माण अभियानमा रहेको बताउँदै नेकपा –एस) जनताको सेवा गर्ने नीति प्रधान पार्टी, समाज रुपान्तरण गर्ने, नवीनतम शैली अपनाउने पार्टी भएको अध्यक्ष नेपालले बताए । बिहीबार नेकपा एकीकृत समाजवादी कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन कार्यक्रमा सहभागी हुन जानेक्रममा अध्यक्ष नेपाल यहाँ आइपुगेका हुन ।

प्रतिक्रिया