कांग्रेस नेता लेखकको पहलमा बाढी पीडितलाई १ करोड बराबरको राहत वितरण

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा कञ्चनपुरका बाढी पीडितलाई १ करोड रकम बराबरको राहत सामग्री वितरण गरिएको छ । कञ्चनपुरको दोधारा–चादँनी र भीमदत्तमा ३०० परिवारका लागि एनआएनको टिमद्वारा राहत वितरण गरिएको हो । दोधारा–चाँदनीका वडा न ८, ९ र १० का अति प्रभावित १५० परिवारका लागि भीमदत्तका नगरपालिकाका वडा नं ११, १२ र १३ का १५० परिवारलाई गरि ३०० परिवारलाई पहिलो चरणको राहतको व्यवस्था गरिएको हो ।

एनआएनको मध्यपूर्व संयोजक मनोज श्रेष्ठ (र्गोखाली) को संयोजकत्वमा वडा स्तरमै पुगेर अति प्रभावित परिवार पहिचान गरि राहत वितरण गरिएको छ । प्रतिपरिवार २५ देखि ३० हजारको राहत प्याकेज वितरण गरिएको बताइएको छ । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीबाट प्रभावित परिवारको दयनिय अवस्था देखेर प्रभावित भई राहत प्याकेज ल्याएको संयोजक र्गोखालीले बताए । साथै उनले एनआरएनएले राहत प्याकेज अझै थप गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्काल केहि दिनका लागि राहको व्यवस्था गर्न सकेकोमा दोधारा–चाँदनी र भीमदत्तका बाढी पिडितहरु द्वारा एनआरएनएलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

पिडाको समयमा स्थानीय पिडितलाई राहत सामग्री सहित सहित सम्झिएकोमा कांग्रेस नेता लेखक र एनआएनएलाई दोधारा–चाँदनीका मेयर बिरबहादुर सुनार र भीमदत्त ११ का वडाध्यक्ष लालबहादुर शाही, १२ का अध्यक्ष कृष्ण देउवाले धन्यवाद ज्ञापन गरे ।

प्रत्येक १ घर परिवारको लागी राहातमा ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला, १ थान त्रिपाल, २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी, १ थान जग र दैनिक प्रयोग हुने लत्ताकपडामा टि–सर्ट ४ थान, टाउजर २ थान, ज्याकेट २ थान, छाता १ थान वितरण गरिएको छ ।

प्रतिक्रिया