कोरोनाको जोखिम यथावत, मतलब छैन सरकारलाई

अनुषा थापा

केहीदिनअघि एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरूलाई जाँड नखान निर्देशन दिएका थिए । यस्तो बेलामा जनताको बचाऊ गर्नतर्फ निर्देशन दिने कि जाँड नखान भन्ने ? आफ्ना पार्टीका मन्त्रीहरू जाँड खाने जडिया रहेछन् भन्ने कुरा माधव नेपालले नै स्पष्ट पारे । जनताले पनि माधव नेपालको पार्टीलाई निकै राम्रोसँग चिने ।

कोरोनाको जोखिम अझै पनि कायम नै छ । विज्ञहरूले समेत कोरोनाको जोखिम अझै एकवर्ष लम्बिन सक्ने निष्कर्ष निकालेका छन् । स्वास्थ्य मन्त्रालयले दिनैपिच्छे कोरोना संक्रमित र मृत्युदरको विवरण सार्वजनिक गर्छ । अहिले कोरोना परीक्षण गर्नेहरूको संख्यामा कमी आइसकेको छ । महानगरपालिकाले पनि पिसिआर टेस्ट गरेको छैन । त्यसैले पनि नेपालमा कोरोना संक्रमितको दरमा केही कमी आएको हो । सरकारले कोरोना आफ्ना मुलुकको नागरिकका लागि बनाएको मापदण्ड कसैले पनि पालना गरेको देखिँदैन । यसमा व्यवसायीदेखि लिएर सर्वसाधारणहरूको पनि गिन्ती हुन्छ । नियम बनाउने र त्यत्तिकै छाड्ने काम गरिएको छ । कतै पनि अनुगमन भएको छैन । स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयतिर औँला तेस्र्याउँदै आपूm त्यसबाट पन्छिन खोजिरहेको प्रष्ट देखिन्छ । कोरोना अहिले पनि हटिसकेको छैन । दिनमा १५ जनाले ज्यान गुमाइरहेका छन् ।

दिनमा यत्रो नागरिकले ज्यान गुमाउँदा पनि सरकारलाई स्वीकार्य भइरहेको छ । गृह मन्त्रालय पनि अनुगमन नगरीकनै हात बाँधेर बसेको छ । स्वास्थ्य मन्त्रालयलाई जनता मरे पनि कुनै मतलब छैन । यता, जनता दिनहुँ मरेको मर्यै छन् । स्वास्थ्य मन्त्रालयलाई सरकारको बजेट सिद्धयाउन हतारो भइरहेको छ । त्यसैले पनि जनताको विषयमा सोच्ने फुर्सद पाएको छैन । कसलाई ठेक्कामा दिँदा बढी कमिसन आउँछ स्वास्थ्यमन्त्री त्यतैतिर भागदौडमा व्यस्त छन् । केहीदिनअघि एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरूलाई जाँड नखान निर्देशन दिएका थिए ।

यस्तो बेलामा जनताको बचाऊ गर्नतर्फ निर्देशन दिने कि जाँड नखान भन्ने ? आफ्ना पार्टीका मन्त्रीहरू जाँड खाने जडिया रहेछन् भन्ने कुरा माधव नेपालले नै स्पष्ट पारे । जनताले पनि माधव नेपालको पार्टीलाई निकै राम्रोसँग चिने । जनताको काम छिटो गर्नुस्, भ्रष्ट्राचार नगर्नु, तलब भत्ताको त्याग गरेर जनताको लागि काम गर्नुस् भन्नुको साटो जाँड नखानुस् भन्ने निर्देशन दिँदा अलिकति सोच्न पर्दैन ? यस्ता नेताहरूले पनि देशको विकास गर्लान् भनेर कल्पनासमेत गर्न सकिन्न । आफ्नै पार्टी फुटाएर मन्त्री भएकाहरू नेताहरूलाई जनता र राष्ट्रको भन्दा पनि पद र पैसाको लोभ छ भन्ने कुरा स्वयंसिद्ध हो । अहिले देखाएको हाइफाइ काम कतिञ्जेल हो कसैलाई अत्तोपत्तो छैन । यिनीहरूले जनताले सोचे अनुरूप काम गर्न सकेनन् भने अर्को चुनावमा यसको नतिजा देख्छन् ।

स्वास्थ्यमन्त्री आएका यत्रोदिन भइसक्यो । तैपनि कोरोना नियन्त्रण गर्न कुनै योजना ल्याउन सकेको छैनन् । काम गरेर होइन विरोध गरेर पार्टी फुटाएर मन्त्री भएकाहरूले देशको लागि केही गर्न सक्लान् ? जनतालाई समेत शंका लागिसकेको छ । मधव नेपालको पार्टीभित्र केपी ओलीको खुंखार विरोधी मन्त्रीहरूमा पर्छन् विरोध खतिवडा र रामकुमारी झाक्री । देशलाई विरोध होइन् विकास चाहिएको छ । विरोध गरेरै देश चलाउँछु जनताको आँखामा पर्दा हाल्छु भनेर नसोच्दा नै बेस हुन्छ । अबको चुनाव आउन पनि धेरै समय बाँकी छैन ।

यस बीचमा विभिन्न पार्टीबाट सरकारमा गएका मन्त्रीले काम गर्न सकेनन् भने अर्कोचोटि देख्छन् । काम नै नगरी तलबभत्ता खानेहरूलाई त जनताले राम्रोसँग चिन्छन् । त्यस्ता मन्त्रीहरूलाई अब जनताले नै सबक सिकाउनुपर्छ । जनताको बाँच्ने अधिकार सुरक्षित गर्नुपर्ने ठाउँमा सरकारी गाडी चढेर, हुँदो न खादोको भाषण दिएर हिँड्नका लागि लाज लाग्दैन । यिनीहरूमा देश र आफ्ना नागरिकप्रति अलिकति पनि माया छैन । पैसा र पद भए पुग्ने हो ? कोरोना संकमण भएर मर्नेको संख्या यथावत रहेको कुराप्रति सरकार बेखबर छैन । तैपनि त्यतातिर यिनीहरूको आँखा पुग्दैन । बजारमा कसैले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् ।

अनुगमन त शून्य बराबर नै छ । हरेक व्यवसायी सञ्चालन गर्न सरकारले मापदण्ड बनाएको छ । तर, सबै व्यवसायीले अटेर गरेका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू कुर्सी ढाक्ने र तलब खाने काम मात्र गरिरहेका छन् । नेताहरूकै नालायकीले गर्दा कोरोना र कालोबजारीले आकाश छुनै लाग्यो । दसैँको बेलामा व्यापारीले जनता ठग्दा यी तीन जिल्लाका सिडियोहरूले बजारमा आएर अनुगमन गरेको कहीँ पनि भेटिएन । सार्वजनिक यातायातहरूले भेडाबाख्रा कोचे झैँ यात्रु कोचेका थिए । तर, सम्बन्धित निकायहरू बेखबर झँै बसिरहेका छन् । यसरी छाडा छोडिदिँदा व्यवसायीहरूको मनोबल बढ्यो । उपत्यकाका तीन जिल्लाका सिडियोहरू दसैँको अवधिभर बजार अनुगमन गर्न निस्किएनन् । बजार अनुगमन गर्न जान यिनीहरूलाई लाज लाग्दोरहेछ ।

एसीमा बस्ने, सरकारी गाडी चढ्ने बानी भएकाहरू कहाँ चर्को घाममा पैदल यात्रा गर्छन् ? बजारमा अधिकांशले मास्क लगाउन छोडिसकेका छन् । अंकमाल गरेर हिँड्ने पनि त्यत्तिकै छन् । सामाजिक दुरी त अलि परकै कुरा भयो । स्वास्थ्य मन्त्रालय अहिले पनि कोरोनाको जोखिम कायम नै छ भनेर सूचना निकाल्छ । तर, गृह मन्त्रालयले बजारमा अनुगमन टोली खटाउँदैन । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर जनता मार्न खोजेको हो ? उपत्यकाको चोकचोकमा यत्रो भीडभाड छ । मेला, कार्यक्रम, समारोह गर्नबाट पनि रोक लगाइएको छ । जात्रा गर्नेहरू गरेको ग¥यै छन् । यत्रो उदाहरण आफ्नै आँखाको सामु देख्दा पनि सम्बन्धित निकाय लाचार भएको छ । दसैँमा घर गएका मानिसहरू मनलाग्दी रूपमा आए । तिनीहरू कोरोना परीक्षण पनि गराइएन् । यस्ता काम गर्न नसक्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तुरुन्त सरुवा गर्नुपर्छ भन्ने जनताको माग रहेको छ ।

जोसँग आँट, जाँगर र काम गरेर देखाउने सक्ने क्षमता छ त्यस्तालाई मात्र प्रजिअ बनाउँदा ठिक हुन्छ । बेकारमा जनताले कर किन खेर फाल्ने ? सरकारी गाडी चढ्ने र हिटर ताप्ने काम मात्र भइरहेको छ । सरकारले अनुगमन नगर्दा व्यापारीहरूले आफ्नो मनोमानी चलाएका छन् । २० रुपैयाँको सामान ५० मा बेचेका छन् । तौल कम शुल्क डबल । जनता त भोकभोकै मर्नुपर्ने स्थिति आइसकेको छ । यता, रात्रिकालीन व्यवसायीलाई पनि रातभरि सञ्चालन गर्न दिएका छन् ।

व्यापारी र प्रजिअहरूको गहिरो सम्बन्धको कारण पनि जनता मारमा परेका छन् । दसैँमा अलिकति पनि अनुगमन भएन जसको कारण सवारी दुर्घटनामा परेर त्यत्रो सर्वसाधारणले अकालमा आफ्नो ज्यान गुमाए । कारण के थियो सिटभन्दा बढी यात्रुको संख्या । उपत्यकाका प्रजिअ र गृह मन्त्रालयले छाती ठोकेर भनेका थिए हामीले कडा अनुगमन गरेका छौँ । अनुगमन भनेको जनता मार्नु हो ? अब स्वास्थ्य मन्त्रालयले पनि दिनहुँ कोरोना संक्रमित र मृत्युदरको तथ्यांक सार्वजनिक गर्न छोडिदिए हुन्छ । आखिरी अनुगमन गर्ने होइन ।

प्रतिक्रिया