प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार (आज) बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुले चेतावनी दिएका हुन् ।

सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बताएको उक्त बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया