खोजखबर

आज थपिए ७७६ जना कोरोना संक्रमित

सौर्य अनलाइन २०७८ कार्तिक ८ गते १७:५२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा आज कोरोना भाइरसको ७७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ३६० जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् ।

संक्रमण दर १८।५ प्रतिशत छ । संक्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ । पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत छ ।

आज कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन ९ हजार ६१७, संस्थागत आइसोलेशनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन् ।

आज नै ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय