एमाले प्रवेश गर्दै दुर्गा प्रसाईँले भने, ‘प्रचण्डप्रति मेरो भ्रम तोडियो’

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । ‘प्रचण्डप्रति मेरो भ्रम तोडियो,’ पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, ‘हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।

प्रतिक्रिया