खोजखबर

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

सौर्य अनलाइन २०७८ कार्तिक ७ गते १३:०८ मा प्रकाशित

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय