विवाह गर्ने उमेरको अन्तर घट्यो

न्यूयोर्क । विवाह गर्ने केटा र केटीको उमेर एक–दुई वर्षले अन्तर हुनुलाई स्वभाविक मानिन्छ तर, २०–२२ को ग्याप भयो भने त्यसलाई अस्वभाविक । जनगणनाबारे अध्ययन गर्ने अमेरिकी सेन्सर ब्यूरोको पछिल्लो एक अध्ययनले पछिल्लो समय वैवाहिक उमेरको अन्तरमा कमी आएको जनाएको छ । शिक्षा र शक्तिमा पहुँचको कारण विवाह गर्ने अन्तरमा कमी आएको उक्त अध्ययनको निष्कर्ष छ । २० औं शताब्दीको सुरुआतमा महिला र पुरुषबीचको उमेरको अन्तर ३० प्रतिशत थियो भने ८० को दशकमा घटेर १० प्रतिशतमा झरेको छ । यसको मुख्य कारणमा राम्रो शिक्षा र आर्थिक शक्तिलाई कारण मानिएको छ ।

उक्त अध्ययनमा सहभागी अमेरिकी अर्थशाष्त्री टेरा म्याकिनिश भन्छिन्– विवाह गर्दा दुई जनाको उमेरको अन्तर हुँदा धेरै कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ, उनीहरुको विवाहलाई समाजले मान्यता दिदैन । यदि सम्बधमा समस्या आयो भने उमेरको फरक नै मुख्य कारण हुने गरेको छ । एउटै उमेर समूहका दम्पतीहरुमा पनि समस्या नआउने भने होइन ।

अध्ययनले यो पनि भन्छ की उमेरमा फरक भयो भने उनीहरु आर्थिक मन्दीमा डगमगाउँछन् भने एउटै उमेर समूहमा विवाह गर्नेहरु यस्तो अवस्थामा जिउन सक्षम हुन्छन् । जुन पुरुषको पत्नीको उमेर कम हुन्छ, उसमा सन्तुष्टी बढी हुने अध्ययनको निष्कर्ष छ भने पुरुषको उमेर धेरै हुँदा सन्तुष्टी कम हुने बताइएको छ । पछिल्लो समय अमेरिकामा धेरै महिला र पुरुष शिक्षित र आर्थिक रुपमा सवल हुँदै गएका छन् । त्यसकारण पनि विशेष गरी महिलालाई सही उमेरमा विवाह गर्ने निर्णय लिन सजिलो भएको छ ।

प्रतिक्रिया