जीवन र मृत्युको दोसाँधमा कलाकार चौधरी

सप्तरी । थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाँधमा छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाँधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । कहिले डेँगु, कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगरलगायत विभिन्न रोगबाट ग्रसित चौधरी अहिले कानसमेत सुन्न नसक्ने अवस्थामा पुगेको परिवारले जनाएको छ । विगत डेढ वर्षदेखि थलिएको छोराको उपचारमा हालसम्म करिब ४५ लाख खर्च भइसकेको चौधरीकी आमा विशवरी कुमारी चौधरीले बताइन् ।

सिरहाको लहानस्थित समाद एफएमबाट आफ्नो सांगीतिक क्यारियरको सुरुआत् गरेका हुन् । सयौं भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौँ लगायतका गीत र चलचित्रमा मुख्य पात्र (नायक) को रूपमा चौधरीले अभिनय गरेका छन् । छोराको उपचार गर्दागर्दौ परिवारिक आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगका लागि सम्पूर्ण कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी, संघ संस्था, देश, विदेशका प्रवासी कमदार लगायतसँग कलाकार चौधरीकी आमाले अपिल गरेकी छन् । आमा विशवरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाको खाता नं–२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरिदिन चौधरीको परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया