दुई मुक्तकसंग्रह एउटै मञ्चबाट

काभ्रे । पनौतिमा प्रदीप सापकोटा र पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’का दुई छुट्टाछुट्टै मुक्तक संग्रह एउटै मञ्चबाट सार्वजनिक गरिएका छन् ‌। सापकोटाको संग्रह ‘मनको वारपार’ तथा हृदङकृतको ‘पूर्णपात्र’ सार्वजनिक गरिएको हो । पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार मोहन दुवाल, लेखप्रसाद निरौला, सूर्यप्रसाद लाकोजूलगायतले मुक्तकसंग्रहहरू लोकार्पण गरेका छन् ।

काभ्रेपलाञ्चोक निवासी दुई स्रष्टाका मुक्तकमा समसामयिक समाज, राजनीतिक विसङ्गति, सांस्कृतिक ह्रास र प्रेम-प्रणयलाई केन्द्र बनाइएको छ ‌। सरल र सम्प्रेष्य भाषामा चतुष्पदी (चार लाइन) शैलीलाई दुवै मुक्तककारले अपनाएका छन् । एउटाको १ सय ५० रूपैयाँ मूल्य रहेको मुक्तकसंग्रहहरू ‘समकालीन साहित्य प्रतिष्ठान, बेलायत’ले प्रकाशित गरेको हो । प्रदीप सापकोटाको यसअघि ‘यात्राका इन्द्रेणी रंग’ नामक यात्रा-संस्मरण प्रकाशित छ भने पूर्णबहादुर श्रेष्ठको यो पहिलो पुस्तक हो ।

प्रतिक्रिया