खोजखबर

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश, तस्विरमा हेर्नुहोस्

सौर्य अनलाइन २०७८ कार्तिक ५ गते १७:१० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोग आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि माल्टाका गैरआवासीय राजदूत रुबिन गाउची आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्चेञ्जो डि लुक्का आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत जोएल सिबुसिसो एन्डेबेल आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय