स्थानीय अधिवेशनको लागि एमालेको ८ बुँदे परिपत्र

काठमाडौं । नेकपा एमालेले स्थानीय अधिवेशनका लागि शुक्रवार ८ बुँदे विशेष परिपत्र जारी गरेको छ । एमालेले स्थानीय कमिटीहरूको वडा तहको अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन कात्तिक ९ गते एकैदिन सम्पन्न गर्ने निर्णय गरेको छ ।

सोही अधिवेशनहरूका लागि एमालेले विशेष परिपत्र जारी गरेको हो । वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन तथा सम्बोधन गर्नेछन् । त्यस्तै पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ अध्यक्ष ओलीलाई सम्बोधन गर्ने परिपत्रमा भनिएको छ ।

यस्तै वडा अधिवेशन सम्पन्न भएपछि कमिटीको फोन नं र इमेलसहित नामावली अद्यावधिक विवरण जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने, अधिवेशनहरू भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने, नेतृत्व चयन गर्दा सर्वसम्मत विधि अपनाउने र सर्वसम्मत नभए निर्वाचन विधि अपनाउनेलगायत परिपत्रमा समेटिएको छ ।

प्रतिक्रिया