खोजखबर

क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई

एसपी यादव २०७८ कार्तिक ४ गते ६:१८ मा प्रकाशित

सर्लाही । धानबाली भित्र्याउने बेलामा बेमौसमी भारी वर्षाका कारण खेतमा काटिएका धानबाली पानीमा भिज्नुका साथै खेतमा पानीको सतह बढेकाले धानबाली डुबानमा समेत परेपछि किसानहरुलाई ठुलो क्षति भएको छ । भारी वर्षाका कारण भएको धानबालीको क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी गराएका छन् ।

प्रदेश सरकारले भएको क्षतिको तथ्यांक संकलन पश्चात् क्षतिपूर्ति उपलब्धताका लागि आवश्यक पहल थाल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारी वर्षाका कारण किसानहरुको धानबालीमा क्षति पुगेकोले किसानहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय