आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भीषण वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले मंगलबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानर तथा बागमती प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।

मंगलबार बिहान पनि देशैभरको मौसम बदली भई पानी परिरहेको छ। यो क्रम दिनभर जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेशका काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रहने छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहनेछ। बिहीबारदेखि मौसममा केही सुधार आउनेछ। बिहीबारदेखि पानी पर्न रोकिए पनि त्यसपछिको केहि दिनसम्म पनि आकाश धुम्म भइरहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया