भालुवाङ–प्युठान सडक अवरुद्ध : खुलाउने कार्य जारी

प्युठान । दशैँ अगाडिदेखि रोकिएको वर्षात फेरि हिजोबाट सक्रिय भएपछि प्यूठान–भालुवाङ सडक खण्डको बड्डाडा, गर्जेनी आसपासका स्थानमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।

आइतबार बेलुकादेखि लगातार ठूलो वर्षात परेपछि ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा प्युठान आउजाउको लागि गन्तव्यमा हिँडेका सयौँ यातायातका साधन रोकिएका छन् ।

प्यूठान भालुवाङ सडक खण्ड अन्तर्गतको गर्जेनी लगायत, ठाउँ–ठाउँमा ठाडो खोलाले ढुङ्गासहितको लेदोमाटो बागाइ ल्याएर सडकमा रोकिएपछि गन्तव्यमा हिँडेका यातायातका साधन समस्यामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार जेसिबी लगाउने काम भइरहेकोले केही समयपछि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सरुमारानी गाउँपालिकाको केन्द्र बड्डाडा बजारदेखि प्युठानतर्फ धेरै स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा जिल्ला भित्रने र बाहिरिने गाडीलाई आउजाउमा समस्या हुँदा बिचमै रोकिएका छन् । बड्डाडा बजारदेखि २०० मिटर आगाडि प्युठानतर्फ माथिबाट आएको ठाडो खोलामा ढुङ्गा र माटोसहितको लेदोले धेरै अवरुद्ध गरेको छ । त्यसलाई अहिले जेसिबीमार्फत पन्छाउने कार्य भइरहेको प्युठान प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया