इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड लेस्टर सिटीसँग पराजित भएको हो । लेस्टरले युनाइटेडविरुद्ध ४–२ गोलको सानदार जित निकालेको हो । घरेलु मैदानमा सम्पन्न खेलमा सुरुआती अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो। खेलको १९ औं मिनेटमा मासन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा युरी टेलिमान्सले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ७८ औं मिनेटमा काग्लर सोयुन्सुले गोल गर्दै लेस्टरलाई २–१ को स्थितिमा पुर्याए ।

खेलको ८२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ८३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा पाट्सन डाकाले गोल गर्दै लेस्टरलाई ४–२ गोलको जित दिलाए । जितसँगै लेस्टरले ८ खेलमा ११ अंक जोडेको लेस्टर लिग तालिकाको ११ औं स्थानमा छ। पराजित युनाइटेड भने १४ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रतिक्रिया