न्याय माग्दै अनसन बसेकी रुबी खान अस्पताल भर्ना

काठमाडौं । नौं दिनदेखि आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । माइतीघर मण्डलामा अनसनरत उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो । बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।

काडमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् ।

सार फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनले अस्पताल लगिएको छ । अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताइन् । उनले भनिन्, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाइयोस् ।’

प्रतिक्रिया