छिपहरमाईमा मेला भर्ने भक्तजनको भिड

पर्सा । छिपहरमाई गाउँपालिकाको बंजारीमा रहेको प्रसिद्ध एतिहासिक पर्यटकिय एव धार्मिक स्थल छिपहरमाईमा आज बिजया दशमीको अवसरमा मेला लागेको छ । यहाँ दशौमा वर्षौं मेला लाग्दै आईरहेको छ । मेलामा भारतीय क्षेत्रको मुख्य बजार सिकटा, मैनाटाड, बेतिया , नरकटियागंज, रामनगर, बागहा, रक्सौल, मोतिहारी, लौरिया, र नेपालको बारा, पर्सा, रौतहटलगायतका स्थानबाट भक्तजनहरु आएका छन् ।

दशमीको दिन पुजापाठ, चुनरी, प्रसाद, कराही र यहाँ रंगा बोका परेवा लगायतको बली पनि चढाउने चलन रहेको छ । छिपहरमाई जगता को रुपमा रहेको ले भक्तजन हरुले आफ्नो मनमा राखेको कुरा पूरा भईसकेकोले आफ्नो भाकेको कुरा लयाउने गर्छन् । मनोकामना पुर्णभएपछी महिला भक्त जनहरुले आफ्नो आँचलमा नेटुवाको नाच नचाउने गर्छन् ।

छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले छिपहरमाईको मेला कसैले लगाउदैन स्वस्फूर्त लाग्ने गर्ने गरेको बताए ।
उनले भने, ‘यहाँ त लाखौको संख्यामा भक्तजनहरु आउने गर्छन सबै भक्तजनहरुको मनोकामना पुर्ण हुन्छ त्यसै कारण माताको स्थानमा आएर पुजापाठ गर्छन ।’

प्रतिक्रिया