बुलिङटार जन्मथलो भई हाल विभिन्न पेशामा कार्यरत चार जनालाई जेसिजको सम्मान

नवलपुर । पूर्वी नवलपरासीको प्रस्ताविक बुलिङटार जेसिजले जन्मथलो बुलिङटार भई हाल विभिन्न पेशामा कार्यरत व्यक्तिलाई सम्मान गरेको छ । विहिबार दशैँको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर जेसिजले सो सम्मान गरेको हो । यसरी सम्म्मानित हुनेमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार खडकबहादुर कमाल, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा र चितवन मेडिकल कलेजका प्राध्यापक पशुपति रानाभाट र पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियार रहेका छन् ।

उनीहरुलाई उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलाशका न्यायाधिस ध्रुवराज नन्द र प्रस्ताविक बुलिङटार जेसिजका अध्यक्ष सन्दिप श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरे । बुलिङटारमा जन्मिएका न्यायधिस नन्दले जन्मथलोभन्दा बाहिर रहेका व्यक्तिहरूको अनुभवलाई गाउको विकासमा लगानुपर्ने बताए । उक्त अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार खड्कबहादुर कमालले गाउँको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।

कार्यक्रममा बुलिङटार गाउपालिकाका वडा न ३ का वडाअध्यक्ष याम बहादुर झेडी, नेपाल पत्रकार महासंघ रूपन्देही सचिव विनोद परियार, प्रहरी निरीक्षक नरेन्द्र पाटा, त्रिभुवन माविका पूर्व प्रधानाध्यापक बाबुराम गौतम लगमयतले बोल्दै बुलिङटारको विकास हुन नसकेको भन्दै अब त्यसलाई चिर्नुपर्ने बताए । बुलिङटार जेसिजले यसवा नेतृत्व विकासमा काम गर्ने गरि कार्यक्रम गर्ने कार्यकारी उपाध्यक्ष भविलाल रानाले जानकारी दिए । कार्यक्रम पत्रकार बाबुराम सिग्देलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया