रंग‍-विविध

‘गुड मर्निङ ! माउण्ट एभरेष्ट, तिमीले आज मलाई नम्रताको पाठ सिकायौ’

सौर्य अनलाइन २०७८ असोज २९ गते ९:०१ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा दुई अभिनेता अनुपम खेर र बोमन इरानीसँगै यतिबेला नेपालमा छिन् । उनीहरु फिल्म ‘उचाइ’को छायांकनका लागि नेपाल आएका हुन् । यो फिल्मको टोली यतिबेला लुक्लामा छन् । परिणीतिले मंगलबार सगरमाथालाई पृष्ठभूमिमा राख्दै तस्वीर खिचाएकी छन् । उनले ती फेसबुक, ट्विटरमा राखेकी छन् । एक तस्वीरमा अभिनेता अनुपम खेर पनि देखिएका छन् ।

तस्वीरमा उनले ‘गुड मर्निङ, माउण्ट एभरेष्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौ’ लेखेकी छन् । यो फिल्ममा परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मका निर्देशक सुरज बडजात्या हुन् ।

चार साथीको साहसिक यात्रालाई प्रस्तुत गरिने फिल्ममा परिणीतिले नेपाली टुरिष्ट गाइडको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अमिताभ बच्चन र डेनी डेञ्जोङ्पाको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय