खोजखबर

क्यान्सर पीडितलाई श्रममन्त्री श्रेष्ठद्धारा सहयोग

सौर्य अनलाइन २०७८ असोज २९ गते ७:०१ मा प्रकाशित

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् ।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगतरुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उहाँले स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय