खोजखबर

रिहा भइन् रुबी खान, आन्दोलन जारी राख्ने प्रतिक्रिया

सौर्य अनलाइन २०७८ असोज २८ गते २०:२२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो ।

सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको थियो । सोही आदेशपछि उनी जिल्ला प्रहरी कार्यालय बाँकेबाट रिहा भएकी हुन् । सर्वोच्चले उनलाई धरपकड नगर्न पनि आदेश दिएको छ । रिहा भएपछि अधिकारकर्मीले उनलाई माला लगाएर स्वागत गरेका थिए । उनले रिहा भएलगत्तै आन्दोलन जारी राख्ने प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय