खोजखबर

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

सौर्य अनलाइन २०७८ असोज २८ गते १७:२४ मा प्रकाशित

काठमाडौं । बाँकेकी रुबी खानलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । प्रहरीले भने गत साता काठमाडौंमा पक्राउ परेकी रुबीलाई बाँके नै पुर्‍याएको थियो ।

अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर पनि गरेको छ।

रुबीलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। अदालतले यसअघि नै रुबीलाई २४ घण्टाभित्र अदालतमा शररीर उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय