खोजखबर

‘राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस्’

सौर्य अनलाइन २०७८ असोज २८ गते १४:३२ मा प्रकाशित

काठमाडाैं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले राष्ट्रनिर्माणमा एकजुट हुन विजया दशमीले प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले भनेका छन्– एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । उनले जनअपेक्षा अनुसार राजनीतिक स्थायित्व र गतिशीलता हुनुपर्नेमा कताकता रुमल्लिएको जस्तो अवस्था रहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

‘जनअपेक्षाअनुरूप राजनीतिक अभ्यास स्थायित्वका साथ गतिशील हुनुपर्नेमा रुमल्लिएको अवस्थामा पुग्नाले त्यसले सबै क्षेत्रलाई अल्मल्याएको छ, प्रभावित भएको छ । अहिलेको राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउ प्रकृतिको झल्को दिइरहेको छ,’ रेग्मीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैपनि नेपालमा लामो समयदेखि नै राजनीतिक व्यवस्थापनमै समय बित्यो । हाल आएर पनि राजनीतिमै अल्झी रही अन्य कुरा गौण हुन पुग्दा संविधानतः केही भएर पनि केही भएजस्तो नदेखिनु सुखद् पक्ष होइन ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय