बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई छाँयानाथ रारा नगरपालिकाद्धारा सहयोग

मुगु । बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई छाँयानाथ रारा नगरपालिकाको तर्फबाट ५० हजारका दरले राहत दिइएको छ । मृतक ३२ जनाका परिवारलाई तत्काल राहतका सो रकम दिइएको नगर प्रमुख हरिजङ शाहीले जानकारि दिए । जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नं ७ पिना गाँउमा छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बर को यात्रुवाहक बस दुर्घटना भएको थियो ।

मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । बस पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएकोे हो ।

प्रतिक्रिया