‘दुर्घटनाका घाइतेकाे उपचार र मृतकका परिवालाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिवविप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुर्घटनामा ३२ जना र अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक कलाभीर कास्कीमा भएको दुर्घटनामा ८ जना नागरिकको ज्यान गएको घटनाले पार्टीलाई गम्भीर र दुःखी बनाएको जनाएका छन् ।

यस बिषयमा महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढीतर्फ गैरहेको भे १ ख ३१६७नम्बरको यात्रुवाहक बस छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोला मुगुमा भएको दुर्घटनामा ३२ जना नागरिकको दुःख निधन भएको र एक दर्जनभन्दा बढी सङ्ख्यामा घाइते भएको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।त्यस्तै अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक कलाभीर कास्कीमाअर्को दुखद दुर्घटनामा ८ जना आन्तरिक पर्यटक युवा विद्यार्थीको ज्यान गएको छ । उक्त दुवै घटनाले हामीलाई गम्भीर र दुःखी बनाएको छ । उक्त दुर्घटनामा मृत्यु हुने नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछ । मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै दुर्घटनामा घाइते नागरिकको स्वास्थ्यलाभको कामनागर्दछ ।’

महासचिवको वक्तव्यमा भनिएको छ, ‘देशमा जब चाडपर्वहरू नजिकिन्छन्, नेपाली जनताको आवत जावत र ओहोर दोहोरको मात्रा पनि बढ्ने गर्छ । यो स्वाभाविक कुरा पनि हो । हिन्दुहरूको ठूलो पर्व दसैँको मुखैमा भएका यी दुई ठूलादुर्घटनाप्रति सरकार गम्भीर वनोस् । नागरिकको जिउधनको सुरक्षामा जिम्मेवार बनोस् र स्तरीय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बनोस् । घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारजनमा उचित क्षतिपूर्तिको व्यवस्था गरोस् । अन्यथा बर्सेनि हुने ठूल्ठूला दुर्घटनाले नेपालीनागरिकहरूमा पीडामात्र थप्नेछन् ।‘

प्रतिक्रिया