बडादसैँको मर्म आत्मसात गर्ने प्रेरणा मिलोस्

हामी यतिबेला मुख्य चाड बडादसैँ मनाउँदै छौँ । बडादसैँ पर्वका १० वटै तिथिहरू उत्तिकै महत्वपूर्ण भए पनि धार्मिक, सामाजिक तथा संस्कारजन्य कार्यको दृष्टिले सप्तमीदेखि विजयादशमीसम्मका चार दिनलाई विशेष मानिन्छ । राज्यले पनि यिनै चार दिन सार्वजनिक बिदा दिने गरेको छ । सप्तमीको दिनलाई पूmलपाती पनि भन्ने गरिन्छ । बडादसैँको सप्तमी पछिका अरू दुई वटा तिथिको अगाडि महा जोडिएको हुन्छ । जस्तै महाअष्टमी र महानवमी । दशमी तिथिलाई त विजयादशमी नै भनिन्छ । घटस्थापनादेखि नवदुर्गाको पूजा आराधना गर्दै जाँदा दशमीको दिन असत्यमाथि सत्यको विजय भएको, पापमाथि धर्मको विजय भएको, अन्यायमाथि न्यायको विजय भएको, लोभमाथि दानको विजय भएको मानिन्छ । त्यसैले यो दिनलाई विजयादशमी भनिएको हो । छिमेकी मुलुक भारतमा बडादसै“लाई विजयादशमी वा दशहरा मात्रै भन्ने प्रचलन छ । तर कुरा एउटै हो । १० वटा चाडको संगम बडादसैँ को मुख्य दिन अर्थात नवदुर्गाको आराधनाबाट नतिजा प्राप्त भएको दिन विजयादशमी नै हो । त्यसैले नेपालमा पनि कसैकसैले बडादसैँलाई विजयादशमी मात्रै भनेको पनि सुनिन्छ ।

मर्म र सन्देशलाई आत्मसात गर्नुभन्दा पनि कर्मकाण्ड तथा रामरमिताका रूपमा मात्रै दसैँ मनाउने प्रचलन बढ्दो छ । हरेक कर्मको कारण खोज्ने नयाँ पुस्ताले दसैँलाई रुढिवादी परम्परासँग पनि तुलना गर्ने खतरा बढिसकेको छ । कसैकसैले बडादसैँ पर्व समग्र नेपालीको नभएर हिन्दूहरूको मात्रै पर्व भन्ने गरेको पनि पाइन्छ । अध्ययनविना निष्कर्ष निकाल्नेहरूको कमी हाम्रो मुलुकमा छैन भन्ने उदाहरण हो यो । शब्दको अर्थसमेत नबुझी आफूलाई हिन्दू भन्नेहरूको पनि हाम्रो देशमा कमी छैन । खराब कर्म त्याग्दै असल कर्म अ“गाल्नका लागि मानिसले आफ्नो मनमाथि विजय प्राप्त गरोस् भन्ने नै बडादसैँ मनाउनुको तात्पर्य हो, तर बडादसैँकै क्रममा असल प्रवृत्ति त्यागेर खराब प्रवृत्ति आत्मसात गर्ने क्रम रोकिएको छैन । उदाहरणका लागि अरूलाई ठगेर आफ्नो स्वार्थसिद्धि गर्ने काम दसैँकै बेला सबैभन्दा बढी हुन्छ । धनीबाट गरिब जनता सबैभन्दा बढी ठगिने भनेकै दसैँमै हो । गरिब जनताले संकलन गरेको करबाट जम्मा भएको राज्यको ढुकुटी धनी बर्गले दसैँ मनाउने नाममा खर्च गर्छन्, गरिब वर्गले दसैँ मनाउन सक्ने परिस्थिति बनेको छैन । मन्दिर बाहिर पेट भर्नका लागि गरिब जनता पटुका थापेर माग्न बसेको देखिन्छ, धनीहरू मन्दिरभित्र पसेर मूर्तिमा खानेकुराहरू फालिरहेको र अझै धनी हुन पाउ“ भन्ने कामनाका साथ द्रव्य चढाइरहेको देखिन्छ । यो त सरासर घुस होइन र ?

घुस पाएपछि मात्रै भगवान्ले बरदान दिन्छन् भन्ने मानसिकता जबसम्म नेपालीहरूमा रहन्छ तबसम्म हामी कहिल्यै उँभो लाग्न सक्दैनौँ । हाम्रो दिमागमै विकृति भरिएको छ । यही विकृतिले जतासुकै गाँजेको छ । राज्यको मूल नीति मानिने राजनीति यही विकृतिले तवाह भएको छ । घुस तथा अािर्थक लेनदेनका आधारमा राज्यका महत्वपूर्ण पद प्राप्त गर्ने परिपाटी घट्दो होइन बढ्दो छ । हरेकपटक मन्त्रिपरिषद् हुँदा आर्थिक लेनदेनका आधारमा फलानाफलाना मन्त्री भए, फलानाफलाना फालिए भन्ने समाचार आउने गर्छ । उदाहरणका लागि पूर्ववर्ती ओली सरकारका पालामा लालबाबु पण्डितहरू फालिएर रघुवीर महासेठ दम्पती उपप्रधानमन्त्री तथा मन्त्री हुन्थे । शेरबहादुर देउवा आएपछि उमेश श्रेष्ठहरू हावी भए । ओली खराब भए भन्दै पार्टी नै विभाजन गर्न पुगेको माधव नेपाल समूहको रोजाइमा मेटमणि चौधरीहरू परेनन्, किसान श्रेष्ठ तथा प्रेम आलेहरू परे । कम्तिमा पनि यो बडादसैँले हाम्रा नेताहरूमा रहेको घुस दिनसक्ने धनीहरूको मात्रै नेपाल हो भन्ने मानसिकता हटोस् । बडादसैँ २०७८ को हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया