रुबी खानलाई २४ घन्टा भित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं । अधिकारकर्मी रुबी खानलाई २४ घन्टा भित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले आइतबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायधीश दिपककुमार कार्कीको इजलासले खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएका सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सेतोपाटीलाई जानकारी दिए । पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ । दुई महिलाको शंकास्पद मृत्युमा न्याय माग्दै बाँकेको नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं पुगेको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले २२ असोज साँझ धर्नास्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया