इतिहास

इतिहास दृष्टान्तले पढाउने दर्शन हो । – थुसिडाइस

व्यक्ति इतिहासमा अनुबन्धित हुन्छ, इतिहास व्यक्तिमा । – जेम्स बाल्डिन

इतिहासले न क्षतिपूर्ति नै दिन्छ न त गलत कार्य गर्नेलाई दण्डित नै गर्छ ।  – जोन एक्सन

इतिहासकारहरुको कल्पनाशक्ति बेजोड हुन्छ । – रोबर्ट स्टिनसन

इतिहास रगतमा गरिने स्नान हो । – विलियम जेम्स

इतिहासको आशय अभिनेताले समेत कार्यन्वयन गरेका हुंदैनन् ।  -जेम्स गारफिल्ड

इतिहास दोष र तारिफको मिश्रण हो । -कटन म्याथर

आफ्नो इतिहास विर्सने राज्यको कहिल्यै उन्नति हुंदैन । – डेबिड म्याक्कुलफ

इतिहास एल्बम हो । त्यहाँ केही असली फोटा हुन्छन् भने कैयौं नक्कली ।  – एलेक्सीस टक्कीभिल

यदि इतिहासको पुस्तकमा झुठ नभएको भए त्यो उराठलाग्दो हुन्थ्यो ।  – एनाटोल फ्रान्स

प्रतिक्रिया