आर्थिक पारदर्शितामा खासै चुनौती छैन

जीतबहादुर राई, अध्यक्ष मोगमाई गाउँपालिका इलाम

लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताले जनप्रतिनिधि पाएको चार वर्ष बितिसकेको छ । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनता खुसी छन् । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दै यो कार्यकाल कस्तो रह्यो, के कस्ता चुनौतीको सामना गर्नुपर्यो, केकस्ता उपलब्धि हासिल भए लगायतका विषयमा मोगमाई गाउँपालिका इलामका अध्यक्ष जीतबहादुर राईसँग सौर्य दैनिकका लागि राम योङहाङले गरेको संवादको सम्पादित अंश :

 

कार्यकालको अन्तिम वर्षतिर हुनुहुन्छ, यो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

हामी सुरुका दिनदेखि नै नयाँनयाँ अनुभव बटुल्दै आयौँ । यस क्रममा केही सुखद क्षणको पनि अनुभव रह्यो भने केही दुःख क्षण पनि बेहोर्नुपर्यो । पछिल्लो दुई वर्ष कोरोना महामारीको कारण हामीले भनेजस्तो कामहरू गर्न सकेनौँ । तैपनि पूर्वाधारको क्षेत्रमा धेरै राम्रा कामहरू गरेका छौँ । जस्तै फिक्कल नयाँबजारको बाटो कालोपत्रे गराउन सफल भयौँ । सबै वडाहरूमा वडास्तरीय बाटोहरू दीर्घकालीन योजनाकासाथ विस्तृत परियोजना अध्ययन गरेर स्तरोन्नतिमा अगाडि बढाएका छौँ । माइजोगमाई गाउँपालिकाको सदरमुकाम नयाँबजारमा आरसिसी ढलान गर्ने कार्य ग¥यौँ । स्वास्थ्यको क्षेत्रमा कोभिड हस्पिटलको निर्माण गरेका छौँ । १५ शय्याको हस्पिटलको निर्माण सुरु, शिक्षाको क्षेत्रमा दुई वटा नमुना विद्यालयको निर्माण कार्य सुरु, इन्टरनेटको क्षेत्रमा अप्टिकल फाइबर जोड्न सफल भयौँ । पर्यटनको क्षेत्रमा थुप्रै कमहरू ग¥यौँ । संस्कृतिको संरक्षण सम्र्बद्धन गर्ने कुराहरूमा उपलब्धी हासिल गरेका छौँ । विद्युत् विस्तार गर्ने कुरामा धेरै उपलब्धी हासिल गरेका छौँ । कानुन निर्माण गर्ने कार्यहरू लगभग सकेका छौं । पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा सदरमुकाम नयाँबजारमा यलम्बर र रेडपाण्डाको मूर्ति स्थापना गर्न सफल भएका छौँ । यस्तै यस्तै अनुभवबाट यो समय यहाँसम्म आइपुगेका छौँ । मैले यो कार्यकाललाई सफल परीक्षणको कार्यकालको रूपमा लिएको छु । बाँकी मूल्यांकन माइजोगमाईवासीले गर्ने हो ।

 

जनताले साँच्चिकै संघीयताको अनुभूत गर्न पाएका छन् त ?

जनताले संघीयताको अनुभूति साँच्चै गर्न पाएका छन् भन्ने मलाई लागेको छ । जनताहरू विकास निर्माण स्वास्थ्य, शिक्षा, धर्म, संस्कृति, बिजुली बत्ती, खानेपानी जति पनि समस्याहरू छन्, आफ्नो समस्या प्रत्यक्ष रूपमा स्थानीय सरकारसँग जोडिएर गर्न पाएका छन् । यसकारण जनताले संघीयताको अनुभूति गर्न पाएका छन् भन्ने हामी पूर्ण विश्वस्त छौँ । संघीयता हाम्रा लागि नयाँ भएकाले पनि यसको अनुभूति सबैले गरेका छौँ भन्ने लाग्छ ।

 

तपाईंको पालिकामा जनताले अनुभूति गर्ने खालका विकास निर्माणमा भएका प्रगतिहरू के–के छन् ?

यस माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारदेखि फिक्कल सम्मको १९ किलोमिटर बाटो कालोपत्रे हुन सुरु भइसकेको छ । पालिकाको सदरमुकाम नयाँबजारमा आरसिसि पिच भइसकेको छ । ८० प्रतिशत विद्युत्का पोलहरू पुगिसकेको छ । माइजोगमाई गाउँपालिकाको आफ्नै माइजोगमाई विद्युत् फिडर निर्माण भइसकेको छ । २१ वटाभन्दा बढी ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । बाँकी विद्युत्को क्षेत्रमा अन्य काम पनि भइरहेका छन् । सात तले झरना र माइबेनीको विस्तृत परियोजना अध्ययन (डिपिआर) भई काम अगाडि बढिरहेको छ । अत्यन्त दुर्लभ लोपोन्मुख जनावर हाब्रे (रेडपाण्डा) को चित्र आफ्नो पालिकाको लेटरहेडमा लोगोको रूपमा राखी संरक्षण कार्य अगाडि बढाइएको छ । माइजोगमाई गाउँपालिकाको गीत (गान) निर्माण भइसकेको छ । यस गाउँपालिकाको ६ वटै वडा कार्यालय र सदरमुकाम जोड्ने बाटोहरूको डिपिआर भई स्तरोन्नति हुने काम भइरहेको छ । नयाँबजारदेखि दुधाङ हुँदै इलाम जोड्ने बाटो एडिबीको सहयोगमा डिपिआर भई कालोपत्रे हुने काम सुरु हुँदै छ । गाउँपालिकाको आफ्नो परिचय समेटिएको वृत्तचित्र (डकुमेन्ट्री) निर्माण र गाउँपालिकाको आफ्नै गीत निर्माण भएका छन् । गाउँपालिकाले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्ने कार्यलाई अगाडि बढाइएको छ । पर्यटकीयस्थल थुम्केलाई थुम्के रानी नामाकरण गरी पर्यटनको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । जसबाट इलामका १० वटै स्थानीयतहहरू देखिन सकिने र सूर्योदय र सूर्यास्तसमेत राम्रोसँगले हेर्न सकिन्छ । साथै इलाम जिल्लाको सम्पूर्ण धार्मिक र पर्यटकीय क्षेत्रहरू यहीँबाट अवलोकन गर्न सकिन्छ । त्यसैगरी छिमेकी देश भारत दार्जिलिङको टाइगर हिल, सुनदह र कर्सङसमेत यस थुम्केरानीबाट अवलोकन गर्न सकिन्छ । यो लगायत अन्य ससाना देखिने गरी निर्माणका कार्यहरू भइरहेका छन् । पालिकाको भौतिक संरचना निर्माण भइरहेको र बालागुरु रंगशालाको निर्माण कार्य भइरहेको छ । साथै यस पालिकाभित्र रहेका विभिन्न पोखरी ताल तलैयाहरूको समेत संरक्षण गर्ने कार्य अगाडि बढिरहेको छ । अन्य सबै क्षेत्रको कामहरू निरन्तर अगाडि बढिरहेको छ ।

 

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तन के के हुन् ?

सबै विद्यालयहरूमा कम्प्युटर जडान, नेट इन्टरनेट माध्यमबाट पढाइ सुरु गरेका छौँ । सबै विद्यालयमा बिजुली बत्ती जडान, ई–हाजिरी, विद्यालयमा बालमैत्री विद्यालय, व्यवस्थित शौचालय, शिक्षकहरूको व्यवस्थापन, बच्चाहरूलाई विद्यालयमा खाजा, विद्यालयमा दक्ष शिक्षकहरू रहेका छन् । स्वास्थ्य क्षेत्रमा भने सबै वडामा स्वास्थ्यचौकी र माइजोगमाई गाउँपालिकाको सदरमुकाम नयाँबजारमा कोभिड हस्पिटल सञ्चालनमा १५ शय्याको हस्पिटल निर्माण सुरु गरेका छौँ । आयुर्वेदिक हस्पिटलको स्थापना १५ शय्याको हस्पिटलको लागि १४ रोपनी जग्गा उपलब्धता, निःशुल्क ब्लट टेस्ट, ५७ प्रकाकार औषधि निःशुल्क वितरण गरिन्छ भने सदरमुकाम नयाँबजार खानेपानी बृहत् योजना, माइजोगमाईको वडा–३ र ४ नामसालिङ खानपोनी, प्याङ खानेपानी, माइजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्र थुम्केरानीमा खानेपानीको काम सम्पन्न भएको छ । गाउँपालिकाबाट स्वाथ्य खानेपानीको लागि नागरिकहरूलाई पाइप वितरण जस्ता कामहरू आधारभूत अधिकार क्षेत्रमा भएका खास परिवर्तनहरू हुने किसिमका कामहरू गरिरहेका छौँ ।

 

सिंहदरबार गाउँगाउँमा पुग्यो, निम्न वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको अनुभूति गर्न पाएनन् भन्ने गुनासो सुनिन्छ नि ?

सिंहदरबारको अधिकारहरू गाउँगाउँमा संविधानले दिएको छ । तर, यसलाई पूरा गर्न केही कानुनी बाधा अड्चनको कारणबाट जति अनुभूति गर्नुपर्ने त्यति छैन । तैपनि त्यसलाई पूर्णता दिन र जनताहरूलाई सुशासन अनुभूति गराउने कार्यमा गाउँपालिका अगाडि बढिरहेको छ । यसमा हामी मात्रै होइन, प्रदेश र संघको पनि भूमिका रहन्छ ।

 

बेरोजगारी समस्याको बारेमा केही परिर्वतन भएको छ ?

युवा स्वरोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडि बढाएका छौँ । सहकारी समूहमार्फत तरकारी खेती, फलपूmल खेती, कुखुरापालन, बंगुरपालन, माछापालन, पूmलखेती साथै कुनै पनि उद्यमशीलताको तालिम, अनुदान, प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरेका छौँ । त्यसले युवाहरू स्वरोजगार बनी बेरोजगारी समस्या समाधान गर्नमा कुनै नै कुनै रूपमा सकारात्मक सहयोग गरिरहेको छ ।

 

स्थानीय सरकार चलाउन खास समस्या के–के रहेछन् ?

स्थानीय सरकार नेपाल संघीयतामा गइसकेपछि हाम्रो लागि नयाँ अभ्यास थियो । सरकार सञ्चालन गर्न स्थानीय कानुनको आवश्यकता र कानुनहरू निर्माण गर्न सहज थिएन । स्थानीय सरकार सञ्चालन गर्नका निम्ति भौतिक पूर्वाधारको अभाव, कर्मचारीको अभाव, दक्ष जनशक्तिको अभाव, जप्रतिनिधिहरूमा सम्बन्धित विषयमा ज्ञानको अभाव, जनप्रतिनिधिहरूमा जिम्मेवारी बोधमा कमी, समय समयमा कानुन तथा नियमहरू परिवर्तन भइरहनु हाम्रा लागि खास समस्याहरूका रूपमा रहेको छ ।

 

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?

वातावरणीय तथा पर्यावरणीय मूल्यांकन भएता पनि उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था रहेको हँुदा उत्खनन् गरिएको छैन । तैपनि प्राकृतिक स्रोत साधनलाई मिल्नेसम्म प्रयोगमा ल्याई व्यवस्थित गर्ने काम भइरहेको छ ।

 

आर्थिक पारदर्शिताका चुनौती के कस्ता छन् ?

बजेट विनियोजनमा हामी कार्यपालिकामा छलफल गर्छौं । वडाहरूलाई कार्यपालिकाको निर्णयले वडाले पाउने बजेट सिलिङ दिन्छौँ । वडाले पनि छलफल गरेर योजना बनाउँछ । त्यसपछि गाउँसभाबाट अनुमोदन गर्छौं र रातो किताबमा हामी योजनाहरू सार्वजनिक गरेर कार्यान्वयनमा लैजान्छौँ । कार्यान्वयनपश्चात प्राविधिक र जनप्रतिनिधिहरूको अनुगमनपछि मात्र योजनाहरूको भुक्तानी दिने गरेका छौँ । हामीले १० लाखभन्दा माथिका सबै योजनाहरू ई–टेन्डरमार्फत कार्यान्वयन गर्दै आएका छौँ । कुनै पनि ठूलो बजेटको योजनाहरू धेरै विलोमा गयो भने पटकपटक ई–टेन्डरमार्फत काम गर्छौं । हाम्रो सम्पूर्ण योजनाहरू कार्यपालिकामा छलफल निर्णय गरेर सभाले अनुमोदन गरेर मात्र काम गर्ने हुँदा हाम्रो आर्थिक पारदर्शितामा खासै चुनौती छैन । त्यस्तै नियमित रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक पार्दर्शिताकै निम्ति माइजोगमाई गाउँपालिकाले इन्टरनेटको पहुँच नभएको अवस्थामा पनि इन्टरनेट प्रयोग गरी सबै वडामा अनलाइनमार्फत कार्यालयको कामहरू प्रारम्भ गरेको छ ।

 

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?

संघ र प्रदेश सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा हाम्रो कामहरू अगाडी बढाएका छौँ । संविधानमा भएको व्यवस्थाअनुसार नै व्यवहार पनि पाएका छौँ ।

 

तपाईंले चाहेर पनि गर्न नसकेका केही काम छन् ?

कोरोना महामारी (कोभिड–१९) को कारण जुन गतिमा गाउँपालिकाले काम गर्नुपर्ने थियो । त्यो कार्य गर्न सकेन । हामीले प्रारम्भ गरेका आयोजनाहरूको प्रतिफल, उपलब्धी र परिणामहरू गाउँवासीले स्पष्ट रूपमा देख्न र भोग्न पाइराख्नुभएकै छन् । हामीले सोचेबमोजिमका कृषि सडकहरू भने बनाउन सकिएको छैनौँ । यस गाउँपालिकालाई पर्यटकीय क्षेत्र तुम्लिङ मेग्मा विश्वको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना छ । यसलाई प्रभावकारी बनाउन बाटोलाई स्तरोन्नति गर्न सकिएको छैन ।

 

अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?

मैले गरेका काम र चुनौतीको बारेमा यतिका धेरै कुरा राख्ने अवसर दिनुभएकोमा सौर्य दैनिक परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । म आफ्नो कार्यकाल सकिएपछि पनि गाउँपालिकाको विकासमा म सधैँ लाग्ने प्रतिवद्धता गर्दछु ।

प्रतिक्रिया