डर

डर यस्तो अध्यारो कोठा हो जहाँबाट हाम्रो अवनति शुरु हुन्छ । – उस्मन बी असिफ

काम गर्नेबारे सोच्दापनि डराउने मानिस आफ्नो कार्यमा कहिल्यै सफल हुँदैन ।  – हेनरी एस हास्किन्स

डर सानो कुरा हो । एउटा सहासिक कदमले पनि हामी यसमाथि सहजै विजय हासिल गर्न सक्छौं । – ब्रेनडन फ्रान्सिस

डर विश्वासमा हुन्छ । सिस्टर म्यारी ट्रिक्की डर सहासको बाउ हो र सुरक्षाको आमा हो ।  – हेनरी एच ट्वीडी

डर हाम्रो जीन्दगीको सबैभन्दा ठूलो बाधा हो । – डड्ली निकोलस

डराउनु एउटा कुरा हो । डरलाई तिम्रो वरिपरि घुम्न दिनु अर्कै कुरा हो ।  – क्याथेराइन पिटरसन

डरको छायाँमात्रै ठूलो हो , तर यो सानो कुरा हो ।  – रुथ जेन्डलर

डरसँग पराजित हुने मानिसले आफ्नो जीवनमा एउटा पनि पाठ सिकेको हुँदैन । –  राल्फ वाल्डो इमर्सन

जीवनदेखि डराउने मानिस मरिसकेका हुन्छन् । –  बर्ट्रन्ड रसल

डरलाग्दा कथा र फिल्मले डरलाई झन् मजबुत पार्दछ । – फ्रन्सिस बेकन

एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर हुस्कीभन्दा पनि कडा लाग्न थाल्छ । – डोनाल्ड डोज

प्रतिक्रिया