असफलता

असफलता एउटा घटना हो, व्यक्ति असफल हुनै सक्तैन । – विलियम डी ब्राउन

आफ्नो काममा एकचित्त भएर लागेमा कहिल्यै असफल भइंदैन । – ज्याक्सन ब्राउन

म कहिल्यै असफल हुँदिन । तर कहिलेकाहीं सफलता बाटा पहिचान गर्नमा गल्ती गर्छु । – थोमस इडिसन

सबैलाई खुसी पार्न खोज्ने मानिस कहिल्यै सफल हुंदैन । – बिल कोस्बी

लगातार प्रयास गर्दै जाऊ । एकदिन तिमी अवश्य सफल हुनेछौ । – स्यामुल बेक्केट

एउटा असफलतालाई जिन्दगीको निर्णायक पराजय ठान्नु हुँदैन । –एफ स्कट फीटजेरल्ड

सफलताको बाटामा कयौं असफलता लुकेका हुन्छन् । – मिक्की रुनी

प्रयासै नगरी सफल हुनुभन्दा प्रयास गरेर असफल हुनु राम्रो हो । – ल्वेड जोन्स

असफलताले सफलताको लागि हाम्रो संकल्प कमजोर रहेको जनाउँछ । – बोभि

प्रतिक्रिया