संसदमा एमालेकाे अवरोध कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराए ।

सभामुख सापकोटाको आग्रहपछि पनि एमालेले अवरोध कायमै रहेको अवस्थमा सदनको काम कारवाही अघि बढेको छ । एमालेले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । – रासस

प्रतिक्रिया