राजु परियारको गीत ‘दशैं आयो’ बजारमा

नवलपुर । हिन्दुहरुको महान दशैं पर्वलाई लक्षित गरेर नयाँ गीत ‘दशैं आयो’ सार्वजनिक गरिएको छ । उक्त गीतमा ६ जनाको स्वरमा रहेको छ । राजु परियार, शान्तिश्री परियार, अर्जुन सापकोटा, कृष्ण गैरे, दीपिका बयम्बु, गीता सेञ्चुरीको स्वर रहेको छ भने गीतमा हुम गैरेको शब्द छ ।

यस्तै गीतमा नन्दु परियारको लय रहेको छ । गीतको भिडियोमा पनि थुप्रै कलाकारले अभिनय गरेका छन् । हुम गैरेकै निर्देशन र सम्पादन रहेको भिडियोमा राजाराम सिंखडाको कोरियाग्राफि छ ।

उक्त भिडियोमा आयुष्मा कार्की, बविन ठकुरी, नवराज अधिकारी, राम ठकुरी, राजाराम सिंखडा, मञ्जिला बुढाथोकी लगायतको नृत्य रहेको छ ।

नवराज अधिकारी म्युजीक भिडीयोमा अभिनयसँगै न्युज नेपाल एचडी टेलिभीजनबाट प्रसारीत ‘बाटुली’ टेलीश्रृंखला नीर्देशन गर्दै आईरहेका छन् । उनी कलाकर्मीसँगै सञ्चारकर्मी पनि हुन । भिडियो बिहानी क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया