बर्दिया । जिल्लाको गुलरिया नगरपालिकामा चितुवाले बाख्रा फार्ममा पसेर २२ वटा खसी तथा बाख्रा मारेको छ । गुलरिया नगरपालिका ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले सञ्चालन गरेको फार्ममा चितुवा पसेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक गोपाल पौडेलका अनुसार बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा असोज ११ गते राति चितुवा पसेर सो क्षती पुर्याएको हो ।
प्रतिक्रिया