प्युठान । टिप्परको ठक्करबाट एकजना सडक मर्मत मजदुरको ज्यान गएको छ । गए राती बाग्दुला बहाने सडक खण्डको अंधेरीमा चुनढुंगा बोक्ने लु१क१३५७ नम्वरको टिपरले ठक्कर दिएर नौबहिनी गाउँपालिका – ७ लुप्लुङका ३७ वर्षिय यामबहादुर दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । ईट्टा लिएर लुप्लुंग तर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाईते यामबहादुरको उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए ।
मृतक याम बहादुर बाग्दुला बाहाने खण्डमा सडकमा सडक मर्मत गर्ने मजदुरको रुपमा काम गर्दै आएको स्थानियले बताएका छन । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया