आर्थिक वर्ष २०७७–०७८ मा ९ लाखभन्दा बढी राजस्व संकलन

कालिकोट । ट्राफिक नियम उल्लंघन गरी विभिन्न सवारी साधनहरु चलाएवापत आर्थिक वर्ष २०७७–०७८ मा थुप्रै सवारी साधनहरु कारवाहीमा परेका छन् । नेपाल सरकारको नीति नियमलाई उल्लंघन गर्दै मनपरी सवारी साधन चलाएवापत ट्राफिक कार्यालय कालिकोटले विभिन्न सवारी साधनहरुलाई कारवाही गरेको हो ।

आर्थिक वर्ष २०७७–०७८ मा कालिकोट ट्राफिक कार्यालयले झन्डै ९ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । विभिन्न किसीमका सवारी साधनहरुबाट विभिन्न शिर्षकमा कारवाही गरेवापत उक्त राजस्व रकम उठेको बताइएको छ । ट्राफिक कार्यालय कालिकोटको डाटा अनुसार ट्रकहरु मात्र आव २०७७–०७८ सम्म २ सय ६५ कार्वाहीमा परेका छन् ।

२ सय,६५ वटा ट्रकबाट २ लाख १ हजार राजस्व उठेको छ । सवारी साधन मध्ये बसहरु १ सय ७६ वटा कारवाहीमा परेका छन् । बसहरुबाट १ लाख ३० हजार राजस्व जम्मा भएको छ । यस्तै ट्राफिक प्रहरीका अनुसार जिप २ सय ५३ वटा कारवाहीमा परेका छन् । जिपबाट २ लाख ९ हजार उठेको छ ।

ट्याक्टरहरु ७० वटा कावाहीमा परेका छन् भने त्यहाँबाट पनि रु ५२ हजार राजस्व संकलन भएको बताइएको छ । सबैभन्दा बढी चल्ने सवारी साधनमध्ये मोटरसाईकल ३ सय ३६ वटा कारवाहीमा परेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट २ लाख ७० हजार रुपैयाँ राजस्व उठेको छ । अन्य सवारी साधनहरु ८० वटा कारवाहीमा परेका छन् ।

अन्य सवारी साधनबाट रु ७८ हजार,५ सय गरी जम्मा ९ लाख,४० हजार ५ सय रुपैयाँ राजस्व उठेको ट्राफिक कार्यालय कालिकोटका प्रमुख नरबहादुर विष्टले जानकारी दिए । ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन चलाएवापत कारवाहीमा परेको ट्राफिक कार्यालय कालिकोट प्रहरी हवल्दार दल बहादुर वस्यालले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७७–०७८ देखि हाल सम्ममा सवारी साधनहरु ३५ वटा दुर्घटना भएका छन् । दुर्घटना भएका विभिन्न सवारी साधनहरुमा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । घाइतेहुनेहरुको संख्या भने ४० पुगेको ट्राफिक कार्यालय प्रमुख विष्टले बताए ।

कोरोना महामारीका बेला विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक कार्यालय कालिकोटले अहिले पनि सवारी साधन चेकजाँचका क्षेत्रमा निकै कडा गरेको छ । यस कारण पनि सवारी साधनहरु कमै कारवाहीमा पर्ने र दुर्घटनामा कमी आएको ट्राफिक कार्यालय प्रमुख विष्टले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया