दिपावलीमा आउदै अक्षयकुमारको सुर्यबंशी

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार अभिनित फिल्म सुर्यबंशीको रिलिज मिति सार्बजनिक भएको छ । महाराष्ट्रमा सरकारले अक्टोबर २२ देखि सिनेमा हाल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी रिलिज हुने भएको हो । सूर्यवंशी आगामी दिपावलीमा रिलिज हुने भएको छ ।

गतबर्ष नै बनेर तयार भएको फिल्म सुर्यबंशी कोरना महामारीका कारण सिनेमा हल बन्द भएपछि रिलिज हुन सकेको थिएन । फिल्ममा अक्षयकुमारसँग कट्रीना कैफको प्रमुख भूमिका छ भने अजय देवगन र रणवीर सिंह विशेष भूमिकामा रहेका छन् ।

प्रतिक्रिया