ढलमा खसेर कपनबाट बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

काठमाडौं । काठमाडौँको कपनमा रहेको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ । गएको मंगलबार राति बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकको ढलमा उज्ज्व खसेका थिए ।

उनको शव गए राति ललितपुरको घुसेलस्थित वाग्मती खोला किनारामा फेला परेको प्रहरीले जनाएको छ । बालक ढलमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका थिए ।

प्रतिक्रिया