काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गए राति सो रकमसहित पक्राउ गरेको जनाएको छ ।
भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको बताइएको छ । प्रहरीले सागरको साथबाट ४५ लाख र कृष्णको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जारी गरेको विज्ञाप्तिमा जनाइएको छ।
प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउदै गरेको ग १ ख ६६४५ नम्बरको माइक्रोमा सवार उनीहरुले झोलामा सो रकम लुकाइछिपाइ ल्याएका थिए ।
प्रतिक्रिया