‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई साईकल

पर्सा । प्रदेश २ सरकारको कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत ६ छात्रालाई साईकल वितरण गरिएको छ । अभियान अन्तर्गत नेपाल राष्ट्रिय मावि पटेर्वा सुगौली गाउँपालिका ४ नं वडा पथरैयामा अध्ययनरत कक्षा ८ का ६ छात्रालाई साईकल वितरण गरिएको हो ।

यसअघि श्री नेपाल राष्ट्रिय मावि निचुटामा ४४ थान, नेपाल राष्ट्रिय मावि सुगौलीमा ५१ थान, नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पटेर्वामा ८ थान, नेपाल राष्ट्रिय आधारभुत विद्यालय लक्ष्मिपुरमा १८ थान, नेपाल राष्ट्रिय आधारभुत विद्यालय बेलवामा १७ थान, नेपाल राष्ट्रिय मावि रङ्गपुरमा ४६ थान गरि पटेर्वा सुगौली गापाको ७ बिधालयलाई १९० थान साइकल कक्षा ८ मा अध्यनरत छात्राहरुलाई वितरण गरिएको थियो ।

श्री जनता आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका ४ पथरैयाका अध्यक्ष रामेश्वेर राउतको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यादव, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह र पालिका शिक्षा प्रमुख सम्भु साह तेलिले शुभकामना दिएका थिए ।

कार्यक्रममा जसपा नेपालको स्थानीय नेता रसिद मिया, नेपाल शिक्षक महासंघ पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष मोहन दास, प्रअ लक्षमी नारायण ओझैया, इलाका प्रहरी पथरैयाका प्रहरी सहायक निरीक्षक कृष्ण यादव, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया